पर्वत जिल्ला एक पहाडी जिल्ला हो यहाँ धेरै खहरे खोला तथा नदीहरु रहेका छन्। कालीगण्डकी र मोदी यहाँका ठुला नदीहरु हुन भने सेती,लस्ति, भुरुङ्गदी,पाती खोलाहरु मुख्य खोलाहरु हुन्यि वाहेक धेरै खहरे तथा ठाडा खोलाहरु यस जिल्लामा रहेका छन् । नदी तथा खोलाहरुको मुख्य वाटो तथा सहायक वाटा हरुमा एक जिल्ला वाट अर्को जिल्ला जोड्ने एक गाँउपालिका वाट अर्को गाँउपालिका जोड्ने, एक गाँउ वाट अर्को गाँउ जोड्नको लागि झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम अन्र्तगत स्थानिय तह (गाँउपालिका तथा नगरपालिकाको) कार्यादेशमा उपभोक्ता समिति मार्फत जिल्लाका स्थानिय स्तरमा रहेका नदी तथा खोलाहरुमा पहुचमार्ग विस्तारको लागि पर्वत जिल्लाको फलेवास,महाशिला, पैयुं र विहादी गाउपालिकामा यो कार्यक्रमले विगत २०५४ साल देखि इन्प्रेड नेपालको सामाजिक तथा प्राविधिक सहयोगमा झोलुङ्गे पुल कार्यक्रम संचालन गर्दै आईरहेको छ । पर्वत जिल्लामा रहेका ठुला नदी तथा खहरे खोलाहरुमा एक गाँउवाट अर्को गाँउ तथा नगरपालिका गाँउपालिकाको कार्यालय, विद्यालय, तथा स्वास्थ्य संस्थाहरुमा आवत जावत गर्नको लागि यस कार्यक्रमले निकै सहयोग पुर्याएको छ । झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम ९क्ध्ब्ए० को ८५ प्रतिशत, स्थानिय तह नगरपालिका÷गाँउपालिकाको १३ प्रतिशत र उपभोक्ता समितिको २ प्रतिशत श्रमदान गरी यो कार्यक्रम संचालन हुनेगरेको छ । समुदायमा रहेको समानुपातिक प्रतिनिधित्वको आधारमा समिति गठन तथा महिलाहरुको अर्थपुर्णप्रतिशत महिला सहभागीताको सुनिश्चितता गरिएको छ । यो कार्यक्रमवाट स्थानिय श्रोत र साधनको अधिकतम प्रयोग गरि स्थानिय वजारको पर्वद्धनमा समेत जोड दिइएको छ । यो कार्यक्रमले स्थानिय स्तरमा रहेका विपन्न परिवारहरुको रोजगारि सृजना तथा आय आर्जनमा समेत वृद्धि गरेको छ । स्थानिय तहमा रहेका नदी तथा खोलाहरुमा समुदायको माग तथा प्राथमीकताका आधारमा १२० मिटर सम्म लम्बाई का झोलुङ्गे पुलहरु डी टाइप, एन टाइप र ट्रस गरि ३ किसीमका झोलुङ्गे पुलहरु निर्माण गर्ने गरिएको छ । २०५४ सालदेखि हालसम्म झण्डै ४० भन्दा वढी झोलुङ्गे पुलहरु निर्माण सम्पन्न गरिसकिएको छ । यस आ.व.मा ४ वटा झोलुङ्गे पुलहरु निर्माण सम्पन्न भएका छन्भने आगाी आ.व.मा ५ वटा झोलुङ्गे पुलहरुको डी.पी.आर.तयार गरिएको छ । आवमा सम्पन्न पुलहरुको विवरण निम्नानुसार उल्लेख गरिएको छ ।
सम्पन्न पुलको विवरण
१. डडाले चौर झो.पू. फलेवास न.पा
२. गेडीखोला आले झो.पू. पैयु ५ र ६
३. पत्रेवा झो.पू. महाशिला १ ४. माझघर आहालेस्टिल ट्रस महाशिला ५
Parbat
2052 - Present
No links for this Program
No partner for this Program
Kisan Sanga Mahashila Krishi Karakaram is a collaborative agricultural initiative by HEIFER Nepal an...
View DetailsInnovations in Agro-Livestock Value Chains Development (IALVC) is a program spearheaded by HEIFER In...
View DetailsClick the button below to chat with us on WhatsApp:
Chat on WhatsApp